काठमाडौं । नेकपाका प्रवक्ता प्रकाश ज्वालाले जेनजी आन्दोलनबाट बनेको सरकारले आन्दोलनका मागलाई प्राथमिकताका साथ सम्बोधन गर्नुपर्ने बताएका छन्।
उनले आन्दोलनमा घाइते भएका युवाको अवस्था गम्भीरतापूर्वक लिएर प्रभावकारी उपचारको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन्। साथै, आन्दोलनमा ज्यान गुमाएकाका परिवारलाई सम्मान र न्यायोचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने उनको भनाइ छ।
ज्वालाले भदौ २३ गते भएको घटनामा युवाको ज्यान जाने अवस्थाका लागि जिम्मेवार व्यक्तिमाथि तथा भदौ २४ गते राष्ट्रिय सम्पदा र सार्वजनिक संरचनामा भएको क्षतिका दोषीमाथि कडा कानुनी कारबाही गर्न माग गरेका छन्।
आन्दोलनले उठाएका भ्रष्टाचार नियन्त्रण, सुशासन र जवाफदेहिताका मुद्दालाई व्यवहारमै कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै उनले राजनीतिसहित राज्यका विभिन्न क्षेत्रमा युवाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्ने बताएका छन्।
जेनजी आन्दोलनका सहिदको भावना र नयाँ पुस्ताको अपेक्षालाई आत्मसात् गर्दै अघि बढ्ने संकल्प गर्ने दिनका रूपमा आजको दिनलाई लिनुपर्ने ज्वालाको भनाइ छ।








लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
ब्रिक्समा नेपालको सहभागिता नहुनु कूटनीतिक असफलता : बलावती शर्मा
विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय संयन्त्र गठन गरिने
रवि लामिछाने नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता
जेनजी आन्दोलनको विध्वंसबारे निष्पक्ष छानबिन गर्न प्रचण्डको माग
जेनजी आन्दोलनको एक वर्ष पूरा
देउवा राहत सामग्रीसहित बाढी प्रभावित नुवाकोटतर्फ
उद्धारमा सरकार चुकेको आङदेम्बेको टिप्पणी