काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक ‘प्रचण्ड’ले जेनजी आन्दोलनका क्रममा भएको हिंसा, आगजनी, लुटपाट र तोडफोडबारे स्वतन्त्र तथा तथ्यमा आधारित छानबिन गर्न माग गरेका छन्।
आन्दोलन सुरु भएको एक वर्ष पुगेको अवसरमा वक्तव्य जारी गर्दै प्रचण्डले युवाको सुशासन, भ्रष्टाचारविरोधी अभियान र अभिव्यक्ति स्वतन्त्रताको मागलाई राज्यले दमन गरेको आरोप लगाए।
उनले आन्दोलनको क्रममा भएका हिंसात्मक घटनालाई युवाको जायज असन्तुष्टिसँग जोडेर हेर्न नहुने बताए। आन्दोलनलाई हिंसात्मक बनाउन कसको भूमिका थियो, सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति कसले पुर्यायो र त्यसबाट कसले लाभ लिए भन्ने विषयमा अनुसन्धान हुनुपर्ने उनको भनाइ छ।
प्रचण्डले आफूहरू गोली चलाउने वा सिंहदरबार जलाउने पक्षमा नरहेको स्पष्ट गर्दै दोषी जोसुकै भए पनि कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने बताए।
उनले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्नसमेत माग गरेका छन्। साथै, जेनजी आन्दोलनले उठाएका सुशासन, रोजगारी, भ्रष्टाचार नियन्त्रण र जवाफदेहिताका सवाल अझै सम्बोधन नभएको भन्दै त्यसतर्फ सरकार गम्भीर बन्नुपर्नेमा जोड दिएका छन्।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
संसद्को चालु अधिवेशनको अन्तिम बैठक आज
गगन थापाको चेतावनी-‘जुनसुकै बेला जनउभार आउन सक्छ’
सरकार तानाशाही बन्दैछ : रामकुमारी झाँक्री