काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपद्मा परेका नागरिकमाथि सामाजिक सञ्जालबाट तुच्छ टिप्पणी वा साइबर बुलिङ गर्ने पार्टीका सदस्यलाई कारबाही गर्ने चेतावनी दिएका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले पीडित नागरिकको दुःखमाथि कटाक्ष गर्ने प्रवृत्ति स्वीकार्य नहुने बताए। पार्टीलाई अन्ध समर्थक नभई विपद्मा परेका नागरिकको पक्षमा उभिने कार्यकर्ता आवश्यक रहेको उनको भनाइ थियो।
लामिछानेले रास्वपाको कुनै पनि तहका नेता वा सदस्य साइबर बुलिङ तथा होच्याउने गतिविधिमा संलग्न भएको प्रमाणित भए साधारण सदस्यसमेत नरहने गरी तत्काल निष्कासन गरिने स्पष्ट पारे।
साथै, सामाजिक सञ्जालमा पीडितमाथि हुने अपमानजनक टिप्पणी रोक्न सरकारलाई प्रभावकारी कदम चाल्न उनले आग्रह गरेका छन्।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
संसद्को चालु अधिवेशनको अन्तिम बैठक आज
गगन थापाको चेतावनी-‘जुनसुकै बेला जनउभार आउन सक्छ’
सरकार तानाशाही बन्दैछ : रामकुमारी झाँक्री