काठमाडौँ । संघीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र राष्ट्रियसभाको बैठक १ः१५ बजेका लागि बोलाइएको छ।
प्रतिनिधिसभामा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नागरिक लगानी कोष, भुक्तानी तथा फस्र्यौट र कर्मचारी सञ्चय कोषसम्बन्धी विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। कानुनमन्त्री सोविता गौतमले एसियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्तिसम्बन्धी प्रस्तावमा छलफलका लागि प्रस्ताव प्रस्तुत गर्नेछिन्।
बैठकमा राष्ट्रियसभाका पूर्वसदस्य शुक्रराज संयोकको निधनप्रति शोक प्रस्ताव पनि प्रस्तुत गरिनेछ।
राष्ट्रियसभामा प्रधानमन्त्री बालेन्द्र साहले राष्ट्रिय मानव अधिकार आयोगका वार्षिक प्रतिवेदन पेश गर्ने तथा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयकमाथि छलफल र पारित गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
संसद्को चालु अधिवेशनको अन्तिम बैठक आज
गगन थापाको चेतावनी-‘जुनसुकै बेला जनउभार आउन सक्छ’
सरकार तानाशाही बन्दैछ : रामकुमारी झाँक्री