काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा राहत सामग्री लिएर बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि बिहीबार बिहान नुवाकोटतर्फ लागेका छन्।
देउवासँग कांग्रेसका अन्य शीर्ष नेताहरू पनि सहभागी छन्। उनीहरू बाढीबाट प्रभावित परिवारका लागि आवश्यक राहत सामग्रीसहित सडकमार्ग हुँदै नुवाकोट पुगेका हुन्।
नुवाकोट पुगेपछि देउवाले कांग्रेस जिल्ला पार्टी कार्यालयमा स्थानीय नेता तथा कार्यकर्तासँग भेट गरी बाढीबाट भएको क्षतिको अवस्थाबारे जानकारी लिने कार्यक्रम छ।
त्यसपछि विदुर नगरपालिका–ढुंगे क्षेत्रमा बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षण गर्ने र देवीघाट पुगेर प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिने कार्यक्रम रहेको देउवाको सचिवालयले जनाएको छ।
स्थलगत निरीक्षणपछि देउवा नेतृत्वको टोली बिहीबार नै काठमाडौं फर्किने कार्यक्रम छ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
संसद्को चालु अधिवेशनको अन्तिम बैठक आज
गगन थापाको चेतावनी-‘जुनसुकै बेला जनउभार आउन सक्छ’
सरकार तानाशाही बन्दैछ : रामकुमारी झाँक्री