काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले बहुदलीय व्यवस्था पुनःस्थापनापछिको ३५ वर्षमा मुलुकले कुनै प्रगति नगरेको भन्ने धारणा तथ्यपरक नभएको बताएका छन्।
मंगलबार सार्वजनिक अपिलमार्फत उनले तीन दशकअघिको नेपाल र अहिलेको अवस्थालाई भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, मानव संशाधन, गरिबी न्यूनीकरण तथा नागरिकको पहुँचलगायत क्षेत्रमा तुलना गरेर हेर्न आग्रह गरेका छन्। सीमित स्रोतसाधनका बाबजुद मुलुकले विभिन्न क्षेत्रमा उल्लेखनीय परिवर्तन हासिल गरेको उनको भनाइ छ।
पाँच पटक देशको प्रधानमन्त्री समेत रहेका देउवाले विगतको उपलब्धिको मूल्यांकन गर्दा इतिहास र यथार्थलाई आधार बनाउनुपर्ने बताए। साथै, हासिल भएका उपलब्धिमै सन्तुष्ट भएर बस्ने अवस्था नरहेको भन्दै सुशासन, रोजगारी, आर्थिक समृद्धि र नागरिकको राज्यप्रतिको विश्वास मजबुत बनाउन नयाँ सोच र प्रतिबद्धताका साथ अघि बढ्नुपर्नेमा जोड दिएका छन्।








दक्षिण सुडानमा नेपाली शान्ति सैनिकको रचनात्मक काम
गृहस्थ जीवन
सहकारीको ऋण ब्याजदर १३ प्रतिशतमा झारियो
देउवाले भने– ३५ वर्षमा केही भएन भन्ने भाष्य तथ्यमा आधारित छैन
चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला