नेपाल–भारत सम्बन्ध थप मजबुत बनाउने जयशंकरको प्रतिबद्धता

काठमाडौं । भारतीय विदेशमन्त्री एस. जयशंकरले नेपाल र भारतबीचको सम्बन्धलाई आगामी दिनमा अझ सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन्।

नेपालको संविधान दिवसका अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै जयशंकरले दुई देशबीच लामो समयदेखि कायम रहेको मित्रतालाई थप गहिरो बनाउने बताएका हुन्।

नेपाली परराष्ट्रमन्त्री शिशिर खनाललाई सम्बोधन गर्दै उनले राष्ट्रिय दिवसका अवसरमा नेपाल सरकार तथा सम्पूर्ण नेपाली नागरिकलाई शुभकामना दिएका छन्।

सामाजिक सञ्जालमार्फत उनले नेपाल र भारतबीच रहेको गहिरो तथा दीर्घकालीन मित्रतालाई आगामी दिनमा अझ बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ