काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले वर्तमान सरकारविरुद्ध दसैँ, तिहार र छठपछि जनता सडकमा उत्रिने दाबी गरेका छन् ।
नेकपाको गण्डकी प्रदेश सम्पर्क समितिले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै पुनले सरकारको स्वेच्छाचारी, निरंकुश र गैरजिम्मेवार कार्यशैलीप्रति जनतामा आक्रोश बढ्दै गएको बताएका हुन् ।
उनले दसैँ, तिहार र छठपछि जनता स्वतःस्फूर्त रूपमा विद्रोहका लागि सडकमा आउने दाबी गर्दै त्यसको नेतृत्व र व्यवस्थापनका लागि पार्टी पंक्ति अहिल्यैदेखि तयारी अवस्थामा रहनुपर्ने बताए ।
‘३५ वर्षमा के गरे भनेर प्रश्न गर्नेहरूको सरकारले रसुवा बाढीपछि उद्धार र राहतमा के गरे ? जनताको चुल्होमा ग्यास छैन, के गरे ? किसानलाई मल छैन, के गरे ? महँगीले आकाश छोएको छ, के गरे ?’ पुनले प्रश्न गरे ।
उनले सरकारप्रति जनतामा व्यापक आक्रोश र निराशा बढेको दाबी गर्दै भने, ‘यो स्वेच्छाचारी, निरंकुश र असफल सरकारविरुद्ध जनतामा व्यापक आक्रोश र निराशा बढेको छ । दसैँ, तिहार र छठपछि जनता स्वतःस्फूर्त रूपमा विद्रोहका लागि सडकमा आउँछन् । हामीले त्यसको व्यवस्थापनका लागि आफूलाई तयारी अवस्थामा राख्नुपर्ने भएको छ ।’
सरकारको गलत रवैयाका कारण राष्ट्रियता र राष्ट्रिय स्वाधीनता समेत कमजोर हुँदै गएको पुनको दाबी छ । उनले राष्ट्रियता र स्वाधीनताको रक्षाका लागि जनता विद्रोहमा उत्रिने समय आएको बताए ।








ज्ञानबहादुर शाहीको प्रश्न– ‘जेनजी आन्दोलनका दोषीलाई कारबाही खोइ ?’
भरत दाहालको पक्राउबारे सर्वोच्चले माग्यो सरकारसँग जवाफ
नेपाली कांग्रेसकी सांसद थपलियाको प्रश्न–‘सत्तामा पुगेकाले जनताको अवस्था किन बुझ्दैनन् ?’
कम्युनिस्ट एकताका लागि नेकपाले बनायो वार्ता समिति
भोटेकोशी बाढी प्रभावित बालबालिकालाई एडवानले दियो ‘मायाको झोला’
जेनजी आन्दोलनको विध्वंसबारे निष्पक्ष छानबिन गर्न प्रचण्डको माग
विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय संयन्त्र गठन गरिने
देउवा राहत सामग्रीसहित बाढी प्रभावित नुवाकोटतर्फ
रवि लामिछाने नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता