काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक ‘प्रचण्ड’ले केन्द्रीय संयोजन समितिको बैठक बोलाएका छन्।
भोलि केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्ने बैठकमा अधिवेशन तथा महाधिवेशनको कार्यतालिकामाथि छलफल हुने प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिएका छन्। बैठकले यस विषयमा आवश्यक निर्णय गर्ने बताइएको छ।
बैठकमा पार्टीको आन्तरिक संगठनसँग सम्बन्धित विषय र राष्ट्रिय राजनीतिका समसामयिक सवालबारे पनि छलफल हुने जनाइएको छ। त्यसैगरी भोटेकोसी बाढीपछि सरकारले गरिरहेको खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका कामको समेत समीक्षा गरिनेछ।
रसुवा बाढीका कारण नेकपाले यसअघि तय गरेको अधिवेशनसम्बन्धी कार्यतालिका प्रभावित भएको छ। पार्टीले आगामी मंसिर ११ देखि १५ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको थियो। त्यसअघि वडा, पालिका, जिल्ला र प्रदेश तहका अधिवेशन सम्पन्न गर्ने योजना बनाइएको थियो।
तर निर्धारित तालिकाअनुसार संगठनात्मक प्रक्रिया अघि बढ्न नसकेपछि नयाँ कार्यतालिका बनाउने तयारी भइरहेको छ। सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरणको कामसमेत प्रभावित भएकाले मंगलबारको बैठकलाई महाधिवेशन तयारीका दृष्टिले महत्वपूर्ण मानिएको छ।








ज्ञानबहादुर शाहीको प्रश्न– ‘जेनजी आन्दोलनका दोषीलाई कारबाही खोइ ?’
भरत दाहालको पक्राउबारे सर्वोच्चले माग्यो सरकारसँग जवाफ
नेपाली कांग्रेसकी सांसद थपलियाको प्रश्न–‘सत्तामा पुगेकाले जनताको अवस्था किन बुझ्दैनन् ?’
कम्युनिस्ट एकताका लागि नेकपाले बनायो वार्ता समिति
भोटेकोशी बाढी प्रभावित बालबालिकालाई एडवानले दियो ‘मायाको झोला’
जेनजी आन्दोलनको विध्वंसबारे निष्पक्ष छानबिन गर्न प्रचण्डको माग
विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय संयन्त्र गठन गरिने
देउवा राहत सामग्रीसहित बाढी प्रभावित नुवाकोटतर्फ
रवि लामिछाने नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता
ब्रिक्समा नेपालको सहभागिता नहुनु कूटनीतिक असफलता : बलावती शर्मा