नेपाली कांग्रेसकी सांसद थपलियाको प्रश्न–‘सत्तामा पुगेकाले जनताको अवस्था किन बुझ्दैनन् ?’

 

काठमाडौं । नेपाली कांग्रेसकी सांसद सीता थपलिया ‘उर्मिला’ले सरकार जनताको वास्तविक समस्याप्रति गम्भीर नभएको भन्दै प्रश्न उठाएकी छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सत्ता र अनुहार फेरिए पनि नागरिकको दैनिक जीवनमा अपेक्षित परिवर्तन नआएको बताइन्। विगतमा सरकारको आलोचना गर्दै सामाजिक सञ्जालमा लेख्नेहरूले अहिले सत्तामा पुगेपछि जनताको दुःख बुझ्न नसकेको उनको भनाइ थियो।

थपलियाले जनताले सरकारबाट आश्वासन नभई काम र जवाफ खोजिरहेको बताउँदै श्रमिक, बेरोजगार तथा महँगीको मारमा परेका नागरिकका समस्या प्राथमिकतामा पर्नुपर्ने बताइन्।

उनले धादिङको त्रिशूली नदीमाथिको फुर्के खोलाको पुल बाढीले बगाएको २८ दिन बितिसक्दा पनि पुनर्निर्माणका लागि सरकारले पर्याप्त पहल नगरेको आरोप लगाइन्। पुल नहुँदा धादिङसहित उत्तरी गोरखाका सर्वसाधारणको आवतजावत र दैनिक जनजीवन प्रभावित भएको भन्दै उनले सरकारको तत्काल ध्यानाकर्षण गराइन्।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ