ज्ञानबहादुर शाहीको प्रश्न– ‘जेनजी आन्दोलनका दोषीलाई कारबाही खोइ ?’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले जेनजी आन्दोलनका दोषीलाई कारबाही गर्न नसकेको भन्दै सरकारसँग जवाफ मागेका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस कार्यान्वयनमा ढिलाइ भएको बताए। सत्तापक्ष वा प्रतिपक्ष जुनसुकै पक्षका व्यक्ति भए पनि छानबिन र कारबाहीको दायरामा ल्याउनुपर्ने उनको भनाइ थियो। आयोगले जेनजी आन्दोलनमा संलग्न व्यक्तिमाथि अनुसन्धान तथा कारबाहीका लागि सरकारलाई सिफारिस गरेको छ।

शाहीले भोटेकोशी बाढीका कारण सुरुङमा फसेका नागरिकको उद्धारमा समेत राज्यले ढिलाइ गरेको आरोप लगाए। पर्याप्त स्रोतसाधन हुँदाहुँदै उद्धारमा भएको ढिलाइबारे सरकारले जवाफ दिनुपर्ने उनको माग थियो

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ