प्रधानमन्त्री साह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेट

न्युयोर्क । प्रधानमन्त्री बालेन्द्र साहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गरेका छन्।

संयुक्त राष्ट्रसंघको ८१ औँ महासभाको उच्चस्तरीय सत्रमा सहभागी हुन न्युयोर्क पुगेका प्रधानमन्त्री साहले महासभालाई सम्बोधन गर्नुअघि राष्ट्रसंघको मुख्यालयमा गुटेरेससँग भेट गरेका हुन्।

भेटमा महासचिव गुटेरेसले भोटेकोशी विपद्मा भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै जलवायु परिवर्तनका विषयमा नेपालसँग संयुक्त राष्ट्रसंघको सहकार्य रहने बताएका थिए। उनले नेपाली युवा प्रतिनिधिमण्डलको समेत प्रशंसा गरेका थिए।

प्रधानमन्त्री साहले नेपालप्रति गुटेरेसले देखाउँदै आएको सहयोग र सद्भावप्रति धन्यवाद दिँदै उनको कार्यकालको सफलताको शुभकामना दिए। उनले भोटेकोशी विपद्पछि हिमताल विस्फोटको जोखिम कायमै रहेको जानकारी गराएका थिए।

दुवैबीच नदी किनारमा रहेका बस्तीको पुनर्वास, वातावरणमैत्री पुनर्निर्माण तथा नेपाललाई अतिकम विकसित राष्ट्रको सूचीबाट स्तरोन्नति गर्ने समयसीमा थपका लागि अन्तर्राष्ट्रिय समर्थन जुटाउने विषयमा समेत छलफल भएको थियो।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ