मनाङ । मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा हिमपहिरो गएको छ ।
पहिरोमा परी मानवीय क्षति भएको आशङ्का गरिएको छ । हिमाल आरोहणमा गएका २२ जना (नौ जना पर्वतारोही र १३ जना सहयोगी) मध्ये करिब एक दर्जन बेपत्ता भएका अशङ्का गरिएको प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालले जानकारी दिए । उनीहरु सबैजना पर्वतारोहणको तयारी गर्न त्यसतर्फ गएका थिए ।
उद्धारका लागि काठमाडौँबाट हेलिकप्टर मनाङ आए पनि खराब मौसमका कारण अवतरण गर्न नसकेपछि फर्किएको प्रजिअ खनालले बताए । हिमपहिरोबाट के कति क्षति भयो भन्ने एकिन जानकारी प्राप्त हुन नसकेको उनले बताए ।
यसैबीच लमजुङ हिमालको बेसक्याम्पमा पहिरो गएपछि घट्टे खोला थुनिएको छ ।
पहिरोले चामे गाउँपालिका–४ स्थित घट्टे खोला थुनिएको हो । खोला थुनिएपछि अहिले चामे गाउँपालिका–३, ४ र ५ नम्बर वडाका बासिन्दालाई नेपाली सेनाको नयाँ भैरवी दलभित्र राखिएको प्रहरी नायब उपरीक्षक कोपिला चुडालले जानकारी दिए








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
कर्णालीमा आयुर्वेद चिकित्सक संघको नयाँ नेतृत्व चयन
धनगढीमा बाजुराको स्याउ बेच्न किसानलाई सास्ती
महाकाली तटीय क्षेत्रमा बाढीको जोखिम, समुदायस्तरमै पूर्वतयारी
वर्षापछि माछा मार्न व्यस्त थारु महिला
भारी वर्षापछि सुदूरपश्चिमका सात पहाडी जिल्लामा यातायात बन्द