हिम्लुङ हिमपहिरोमा परेका दुई जनाको शव फेला, ८ जना अझै बेपत्ता

काठमाडौं । मनाङको हिम्लुङ हिमालमा गएको हिमपहिरोमा परेका दुई जनाको शव फेला परेको छ।

आइतबार बिहान गएको हिमपहिरोमा १० जना बेपत्ता भएका थिए। ती मध्ये २ जनाको शव फेला परेको र ८ जना अझै बेपत्ता रहेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

दुवै शव हेलिकप्टरमार्फत प्रादेशिक अस्पताल मनाङमा लगिएको छ। हिमपहिरोपछि सम्पर्कबिहिन भएका २२ जना मध्ये १२ जना भने फु गाउँपालिकाको सम्पर्कमा आएका छन्।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ