काठमाडौं । नेपालमा हाल मनसुनी र पश्चिमी वायुको प्रभावसँगै भारतको उत्तर प्रदेश आसपास विकसित न्यूनचापीय क्षेत्रको असर देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा अहिले सरदर स्थानकै आसपास रहेको छ।
हाल कर्णाली र सुदूरपश्चिमसहित देशका अधिकांश हिमाली क्षेत्रमा सामान्य बदली छ। पहाडी क्षेत्रमा आंशिक बदली रहे पनि तराईमा मौसम प्रायः सफा रहेको छ। लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
सोमबार देशभर आंशिक बदली रहने अनुमान गरिएको छ। हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
त्यस्तै, सुदूरपश्चिमको तराईका केही स्थान तथा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाको पूर्वानुमान छ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
कर्णालीमा आयुर्वेद चिकित्सक संघको नयाँ नेतृत्व चयन
धनगढीमा बाजुराको स्याउ बेच्न किसानलाई सास्ती
महाकाली तटीय क्षेत्रमा बाढीको जोखिम, समुदायस्तरमै पूर्वतयारी
वर्षापछि माछा मार्न व्यस्त थारु महिला
भारी वर्षापछि सुदूरपश्चिमका सात पहाडी जिल्लामा यातायात बन्द