भारतीय राजदूतले प्रधानमन्त्रीसँग गरे बिदाइ भेट

काठमाडौँ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री वालेन्द्र साहसँग बिदाइ भेट गरेका छन्।

मंगलबार बिहान साह र श्रीवास्तवबीच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। ‘​नेपालका लागि आफ्नो राजदूत कार्यकाल सकेर फर्किन लाग्नुभएका श्रीवास्तवले आज बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर सम्माननीय प्रधानमन्त्रीज्यूसँग भेट गर्नुभएको हो’, प्रधानमन्त्रीको सचिवालयले भनेको छ।

कार्यकाल पूरा गरेर स्वदेश फर्कन लागेको श्रीवास्तवलाई प्रधानमन्त्री साहले बुद्धको प्रतीमा उपहार प्रदान गरेका थिए। श्रीवास्तव २०७९ सालमा मा नेपालका लागि भारतका राजदूत नियुक्त भएका थिए।

श्रीवास्तव र साहबीचको छुट्टाछुट्टै भएको यो दोस्रो भेटवार्ता हो।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ