रुपन्देही । ‘हनी ट्रयाप’ मा पारेर एक पुरुषबाट नगद तथा जिन्सी सामान असुलेको आरोपमा बाँके प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रामेछापको गोकुलगंगा गाउँपालिका–२ घर भई हाल काठमाडौं बस्दै आएकी ३० वर्षीया श्रेष्ठ थरकी युवती रहेकी छन्। उनी काठमाडौं–१० सुकेधारामा डेरा गरी बस्दै आएकी थिइन्।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रतितसिंह राठोरका अनुसार युवतीले बैजनाथ गाउँपालिका–२ का ३२ वर्षीय पुरुषलाई पूर्वयोजना बनाएर प्रेम तथा शारीरिक सम्बन्धको जालमा पारेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
सम्बन्ध कायम भएपछि विभिन्न मुद्दामा फसाइदिने भन्दै डर, त्रास र धम्की देखाएर ती पुरुषबाट पटक–पटक नगद तथा जिन्सी सामान लिएको प्रहरीको भनाइ छ।
घटनालाई आपराधिक लाभ लिने उद्देश्यले गरिएको ‘हनी ट्रयाप’का रूपमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
केही समयदेखि फरार रहेकी श्रेष्ठलाई गत असोज ५ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले सार्वजनिक गरेको हो ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
कर्णालीमा आयुर्वेद चिकित्सक संघको नयाँ नेतृत्व चयन
धनगढीमा बाजुराको स्याउ बेच्न किसानलाई सास्ती
महाकाली तटीय क्षेत्रमा बाढीको जोखिम, समुदायस्तरमै पूर्वतयारी
वर्षापछि माछा मार्न व्यस्त थारु महिला
भारी वर्षापछि सुदूरपश्चिमका सात पहाडी जिल्लामा यातायात बन्द