धनगढी । कैलाली र कञ्चनपुरका नदी, खोला तथा खेतमा पानीको सतह बढेसँगै थारु समुदायका महिलाहरू माछा मार्न व्यस्त भएका छन्।
तीन दिनदेखि परेको लगातारको वर्षाका कारण नदी, खोला तथा खेतमा पानी बढेपछि उनीहरू माछा मार्ने सामग्री बोकेर खोलानाला तथा खेततिर जान थालेका हुन्।
थारु समुदायमा माछा, घोंघी र गँगटीलगायतका जलचरका परिकार खाने प्रचलन छ। वर्षाका बेला उनीहरू टापी, जाल, हेल्कालगायतका परम्परागत सामग्री प्रयोग गरेर माछा मार्ने गर्छन्।
स्थानीय महिलाहरूका अनुसार लगातारको वर्षापछि खेत, खोला र नदीमा पानी भरिँदा माछा बाहिर निस्कने भएकाले यस समयमा माछा मार्न सहज हुन्छ। बर्खाको सुरुवातमा परेको पानीसँगै खोलानालाका माछा खेततर्फ पस्ने गर्छन् भने बर्खाको अन्त्यतिर खेतमा रहेका माछा पुनः खोलानालातर्फ फर्कने भएकाले जालमा बढी पर्ने उनीहरूको अनुभव छ।
वर्षाका कारण जलस्रोतमा पानीको बहाव बढेपछि माछा बाहिर आउने भएकाले अहिले माछा मार्नेहरूको चहलपहलसमेत बढेको छ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
कर्णालीमा आयुर्वेद चिकित्सक संघको नयाँ नेतृत्व चयन
धनगढीमा बाजुराको स्याउ बेच्न किसानलाई सास्ती
महाकाली तटीय क्षेत्रमा बाढीको जोखिम, समुदायस्तरमै पूर्वतयारी
वर्षापछि माछा मार्न व्यस्त थारु महिला
भारी वर्षापछि सुदूरपश्चिमका सात पहाडी जिल्लामा यातायात बन्द