जाजरकोट । ससुराको हत्या गरेको आरोपमा प्रहरीले जाजरकोटको जुनिचाँदे गाउँपालिकाकी एक महिलालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जुनिचाँदे गाउँपालिका–५ पाँगाकी शर्मिला शाही रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक सुधिरकुमार खड्काले जानकारी दिए।
७५ वर्षीय गंगाराम शाही गत साउन ११ गते आफ्नै घरमा मृत अवस्थामा फेला परेका थिए। उनको घाँटीमा धारिलो हतियार प्रहार भएको अवस्थामा शव भेटिएपछि प्रहरीले घटनाबारे अनुसन्धान थालेको थियो।
अनुसन्धानका क्रममा बुहारी शर्मिलाको संलग्नता रहेको भन्दै मृतकका जेठा छोरा राजकुमार शाहीले असोज ७ गते प्रहरीमा किटानी जाहेरी दिएका थिए। जाहेरीका आधारमा प्रहरीले शर्मिलालाई असोज ८ गते घरबाटै नियन्त्रणमा लिएको हो।
पक्राउ परेकी शर्मिलामाथि जिल्ला अदालत जाजरकोटबाट १० दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
हत्या गर्नुको कारणबारे भने प्रहरीले हालसम्म केही खुलाएको छैन।
फोटो एआई निर्मित








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
कर्णालीमा आयुर्वेद चिकित्सक संघको नयाँ नेतृत्व चयन
धनगढीमा बाजुराको स्याउ बेच्न किसानलाई सास्ती
महाकाली तटीय क्षेत्रमा बाढीको जोखिम, समुदायस्तरमै पूर्वतयारी
वर्षापछि माछा मार्न व्यस्त थारु महिला
भारी वर्षापछि सुदूरपश्चिमका सात पहाडी जिल्लामा यातायात बन्द