काठमाडौं । मनाङको हिम्लुङ हिमालमा गएको हिमपहिरोमा हराएका आरोहीमध्ये थप तीन जनाको शव फेला परेको छ।
असोज ११ गते बिहान हिम्लुङ हिमालमा हिमपहिरो जाँदा १६ जना हराएका थिए। आरोहमा गएका ११ जना दोस्रो दिन सम्पर्कमा आएका थिए।
हिमपहिरोमा हराएका आरोहीमध्ये बुधबार थप तीन जनाको शव फेला परेको नेपाल राष्ट्रिय पर्वतारोहण तथा पर्वतारोहण गाइड संघले जनाएको छ। संघका अनुसार, बधुबार आश गुरुङ, सुरज राई र पदम मगरको शव फेला परेको हो।
यसअघि चार जनाको शव फेला परेको थियो। आइतबार र सोमबार वीरेन्द्र गुरुङ, घनश्याम राई, छेवी भोटे र पासाङ भोटेको शव भेटिएको थियो।
अझै नौ जना आरोही र सहयोगी सम्पर्कविहीन छन्। उनीहरूको खोजी भइरहेको संघले जनाएको छ।
नार्फाभूमि गाउँपालिका(५ स्थित करिब पाँच हजार दुई सय मिटर उचाइमा हिमपहिरो गएको थियो।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
कर्णालीमा आयुर्वेद चिकित्सक संघको नयाँ नेतृत्व चयन
धनगढीमा बाजुराको स्याउ बेच्न किसानलाई सास्ती
महाकाली तटीय क्षेत्रमा बाढीको जोखिम, समुदायस्तरमै पूर्वतयारी
वर्षापछि माछा मार्न व्यस्त थारु महिला
भारी वर्षापछि सुदूरपश्चिमका सात पहाडी जिल्लामा यातायात बन्द