पहिरो हटाएपछि कालीगण्डकी करिडोर सञ्चालनमा

गुल्मी । पहिरोका कारण अवरुद्ध कालीगण्डकी करिडोरको हर्मिचौर–अर्वेनी–पुर्तिघाट खण्ड सञ्चालनमा आएको छ।

सडकका विभिन्न स्थानमा खसेको पहिरो र लेदो हटाएपछि बुधबार साँझदेखि यातायात सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

कालीगण्डकी गाउँपालिका र सडक डिभिजन कार्यालय पाल्पाको समन्वयमा डोजर तथा एक्साभेटर प्रयोग गरी सडक खुलाइएको हो।

कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाका अनुसार सत्यवती गाउँपालिकाको रुद्रवेणीदेखि हर्मिचौर–अर्वेनी–पुर्तिघाट क्षेत्रमा ठूला ढुङ्गासहितको पहिरो खसेको थियो। पहिरो हटाएसँगै गाउँपालिकाभित्र अवरुद्ध शाखा सडकसमेत सञ्चालनमा आएका छन्।

सडक खुलेपछि तम्घास, बागलुङ, पाल्पा, बुटवल र पोखरातर्फ रोकिएका सवारीसाधन तथा यात्रुको आवतजावत सहज भएको छ।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ