दोधारा-चाँदनी झोलुङ्गे पुल क्षतिको प्राविधिक अध्ययन

कञ्चनपुर । दोधारा–चाँदनी र भीमदत्तनगर जोड्ने महाकाली नदीको झोलुङ्गे पुल भाचिएपछि सरकारले प्राविधिक अध्ययन थालेको छ।

बुधबार बिहान पुलको एउटा स्पान र बीचको टावर नदीमा खसेपछि आवतजावत पूर्ण रूपमा बन्द गरिएको छ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले पुल क्षतिको कारण पत्ता लगाउन सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत पूर्वाधार निर्देशनालयको प्राविधिक टोलीले अध्ययन गरेको जानकारी दिए।

टोलीले बुधबारै स्थलगत अध्ययन गरी दिएको प्रतिवेदनका आधारमा पुल मर्मत तथा पुनः सञ्चालनको प्रक्रिया अघि बढाइनेछ।

पुलको अवस्था जोखिमपूर्ण रहेकाले सर्वसाधारणलाई घटनास्थलमा नजान प्रशासनले आग्रह गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ