हिम्लुङ हिमपहिरोमा बेपत्ता ८ जनाको शव उद्धार

काठमाडौं । मनाङको नार्फाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा गएको हिमपहिरोमा परी बेपत्ता भएकामध्ये फेला परेका आठ जनाको शव उद्धार गरिएको छ।

नेपाली सेनाका अनुसार असोज १५ गते गएको विनाशकारी हिमपहिरोमा परी बेपत्ता भएकामध्ये फेला परेका शवमध्ये दुईवटा शव सेनाको हवाई साधनमार्फत चामे र छवटा शव फूगाउँसम्म ल्याइएको हो।

सेनाले हिमपहिरोपछि बेपत्ताको खोज तथा उद्धारका क्रममा फेला परेका शवलाई सुरक्षित स्थानमा ल्याउने काम गरिरहेको जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ