आज पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण देशका पहाडी तथा हिमाली क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिमका सबै भूभाग तथा गण्डकी र लुम्बिनीका पश्चिमी क्षेत्रमा पश्चिमी वायुको प्रभाव छ। अन्य क्षेत्रमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ।

आइतबार कोशी, बागमती, गण्डकी र लुम्बिनीका हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ। ती प्रदेशका केही स्थान तथा कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा मध्यमसम्म वर्षा र हिमपात हुनसक्ने पूर्वानुमान छ।

तराईका केही स्थानमा हल्का वर्षाको सम्भावना छ। राति पनि पहाडी तथा तराई क्षेत्रमा बदली रहनेछ भने तराईमा बिहानपख हुस्सु लाग्न सक्ने महाशाखाले जनाएको छ।

हाल गण्डकीका केही तथा कोशीका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ