कञ्चनपुर । महाकाली नदीमा तार तान्ने क्रममा बोटबाट खसेर सशस्त्र प्रहरी बलका एक सहायक निरीक्षक (असई) बेपत्ता भएका छन्। दोधारा चाँदनीस्थित बीओपी देवीस्थानमा कार्यरत सागर थारु शनिबार बेपत्ता भएका हुन्।
सशस्त्र प्रहरीका अनुसार नेपाल टेलिकमको चुँडिएको तार तान्ने क्रममा उक्त घटना भएको हो। तार तान्न महाकाली नदीमा प्रयोग गरिएको बोटमा ६ जना सशस्त्र प्रहरी र एक जना गरी सात जना सवार थिए। सोही क्रममा असई थारु बोटबाट नदीमा खसेर बेपत्ता भएका हुन्। बोटमा रहेका अन्य छ जना भने सकुशल छन्।
केही दिनअघि महाकाली नदीमाथि दोधारा चाँदनी र भीमदत्त नगरपालिका जोड्ने झोलुङ्गे पुल चुँडिएको थियो। पुल चुँडिएपछि नदीमा लत्रिएको संरचनासँगै दोधारा चाँदनीतर्फ लगिएको इन्टरनेटको तारसमेत चुँडिएको थियो। त्यही तार तान्ने क्रममा असई थारु बेपत्ता भएको प्रहरीले जनाएको छ।
बेपत्ता थारुको खोजी भइरहेको छ।








‘निम्छरो पहल, जब्बर पितृसत्ता’ : घरदेखि राज्यसम्म महिलामाथिको विभेदबारे विमर्श
आश्वासनले रोकिँदैन दलित जेनजीको आन्दोलन
नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
कर्णालीमा आयुर्वेद चिकित्सक संघको नयाँ नेतृत्व चयन
धनगढीमा बाजुराको स्याउ बेच्न किसानलाई सास्ती
वर्षापछि माछा मार्न व्यस्त थारु महिला
हिम्लुङ हिमपहिरोमा हराएका तीन जनाको शव फेला
हिम्लुङ हिमपहिरोमा परेका दुई जनाको शव फेला, ८ जना अझै बेपत्ता