गोरखा । पहिरोले नदी थुनिएपछि आएको बूढीगण्डकीको बाढीले गोरखाका विभिन्न स्थानमा क्षति पुर्याएको छ। बाढीले दुईवटा झोलुङ्गे पुल र एउटा फलामे पुल बगाउनुका साथै घर तथा टहरामा क्षति गरेको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार चुमनुब्री गाउँपालिका–३ न्याकचेतबाट सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल र धार्चे गाउँपालिका–५ माछिखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल बाढीले बगाएको छ। आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे पुलसमेत बगाएको प्रहरीले जनाएको छ।
बाढीले सिर्दिबासका रामबहादुर गुरुङको एउटा कच्ची घर बगाएको छ भने अर्को घरमा पानी पसेको छ। धार्चे–५ माछिखोलाको तल्लो बस्तीमा पनि ५ देखि ७ वटा घर र त्यति नै संख्यामा टहरामा बाढी पसेको छ।
धार्चे गाउँपालिका–३ सल्लेरीका २० देखि २२ वटा घरसमेत जोखिममा रहेको प्रहरीले जनाएको छ।








गड्डाचौकीमा दसैँ मनाउन घर फर्किनेको भीड
बूढीगण्डकीमा भीषण बाढी, धेरै घरहरू बगायो
‘क्यानभासमा पारिजात’
लोकदोहोरी प्रतिष्ठानको अध्यक्षमा पशुपति शर्मा
कर्णालीमा आयुर्वेद चिकित्सक संघको नयाँ नेतृत्व चयन
धनगढीमा बाजुराको स्याउ बेच्न किसानलाई सास्ती
वर्षापछि माछा मार्न व्यस्त थारु महिला
चार दिनपछि खुल्यो बिपी राजमार्ग
हिम्लुङ हिमपहिरोमा हराएका तीन जनाको शव फेला