काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री ‘प्रचण्ड’ रसुवाको भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा आयोजित विशेष घेवामा सहभागी भएका छन्।
बाढी गएको ४९ औँ दिनका अवसरमा नुवाकोटको बेत्रावतीस्थित उत्तरगयाधाममा बौद्ध परम्पराअनुसार लामाहरूले विशेष पूजा गरेका हुन्। मृतकहरूको आत्मशान्तिको कामना गर्दै आयोजना गरिएको पूजामा सहभागी प्रचण्डले उनीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरे।
बाढीबाट घरबारविहीन भएका परिवारका लागि वाईसीएल नेपालले निर्माण गरेका अस्थायी आवास हस्तान्तरण गर्न नुवाकोट पुगेका प्रचण्ड मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्न बेत्रावतीस्थित उत्तरगयाधाम पुगेका हुन्।








दलित अधिकार विधेयक संशोधन गर्न आयोगलाई २१ बुँदे सुझाव
दशैंमा रित्तिँदै घर, परदेशिँदै युवा
सुदूरपश्चिममा आज बजेट पारित गर्ने तयारी
चाडबाडमा खाना पकाउने ग्यास अभाव
हिम्लुङ हिमपहिरोमा हराएका तीन जनाको शव फेला
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
ससुराको हत्या आरोपमा बुहारी पक्राउ
दोधारा-चाँदनी झोलुङ्गे पुल क्षतिको प्राविधिक अध्ययन
लोकदोहोरी प्रतिष्ठानको अध्यक्षमा पशुपति शर्मा