मुस्ताङ । दसैँपछि हिमाली जिल्ला मुस्ताङमा पर्यटकको आगमन बढ्न थालेको छ। बाढीपहिरोका कारण बेनी–जोमसोम सडक अवरुद्ध हुँदा सुस्ताएको पर्यटन क्षेत्र सडक सञ्चालनमा आएसँगै चलायमान हुन थालेको हो।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार दसैँको टिकापछिको बिहीबार र शुक्रबार दुई दिनमा ७ हजार ८४६ पर्यटक मुस्ताङ भित्रिएका छन्। बिहीबार ३ हजार ३३ र शुक्रबार ४ हजार ८१३ पर्यटक आएका हुन्।
यसअघि घटस्थापनादेखि विजयादशमीसम्म १० दिनमा ५ हजार ६६३ पर्यटक मुस्ताङ पुगेका थिए।
दसैँ–तिहार र छठ पर्वको बिदामा पर्यटकको आगमन अझ बढ्ने अपेक्षा गरिएको छ। मुक्तिनाथ मन्दिर, लोमान्थाङ, कोरला नाका, ढुम्बाताललगायत धार्मिक तथा पर्यटकीय गन्तव्यका कारण मुस्ताङ आन्तरिक र बाह्य पर्यटकको आकर्षणमा पर्दै आएको छ।








ममताको शव आराले काटेर व्यवस्थापन गरेको नरेशको स्वीकारोक्ति
अन्तर्राष्ट्रिय परिस्थितिमा जस्तोसुकै परिवर्तन आए पनि चीन र बंगलादेश एकसाथ उभिने
रवि–बालेनको मतभेद सतहमा
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशसचिव मिस्रीबीच भेटवार्ता
काठमाडौँ आइपुगे भारतीय विदेशसचिव
पत्रकार पक्राउको विरोधमा आज माइतीघरमा धर्ना
बझाङमा जिप दुर्घटना : दुई जनाको मृत्यु, ६ घाइते
भारतीय विदेश सचिव आज नेपाल आउँदै
फोक्सुन्डो जाने क्रममा हिमपातमा फसे ६ भारतीय पर्यटक
भृकुटीमण्डपमा चौथो ‘तिहार फ्लोरा एक्स्पो’ सुरु