कर्णालीमा हिमपात, जनजीवन प्रभावित

कर्णाली । कर्णालीका हुम्ला, मुगु, जुम्ला, डोल्पा र कालीकोटका उच्च क्षेत्रमा हिमपात हुँदा जनजीवन प्रभावित भएको छ।

हिमपातका कारण हुम्लाको नाम्खास्थित हिल्सा, लिमी र लाप्चा जाने बाटो अवरुद्ध भएको छ। डोल्पामा पदयात्रीको आवागमनमा रोक लगाइएको छ भने मुगुमा पहिरोको जोखिम बढेपछि सवारी आवागमन बन्द गरिएको छ।

सम्भावित विपद्लाई ध्यानमा राख्दै स्थानीय प्रशासनले सुरक्षा निकाय र सम्बन्धित निकायलाई उद्धार तथा राहतका लागि तयारी अवस्थामा राखेको जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ