सोलुखुम्बु हेलिकोप्टर दुर्घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो

काठमाडौं । सोलुखुम्बुको फेरिचेस्थित हेलिप्याडमा दुई हेलिकोप्टर ठोक्किँदा घाइते भएका तीन जनामध्ये दुई जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ।

घाइते सेलिशकुमार पटेल र फिस्टेल एयरका पाइलट रविन्द्र प्रजापतिलाई प्रभु एयरको हेलिकोप्टरमार्फत उद्धार गरी काठमाडौंस्थित मेडिसिटी अस्पताल पुर्‍याइएको हो।

डाइनेस्टी एयरका पाइलट प्रजल केसीको भने लुक्लास्थित निकोल निक्की अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

मंगलबार बिहान करिब ८:११ बजे फिस्टेल एयर र डाइनेस्टी एयरका हेलिकोप्टर अवतरण गर्ने क्रममा आपसमा ठोक्किएर दुर्घटना भएको थियो।

दुर्घटनामा भारतको तमिलनाडु राज्यस्थित चेन्नईका करिब ४७ वर्षीय वसन्तकुमार बलरामुडुको घटनास्थलमै मृत्यु भएको थियो।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ