लन्डन जान रोकिएपछि सौरभ दास अदालत पुगे

काठमाडौं । आफूलाई लन्डन जानबाट रोकिएको निर्णयविरुद्ध ककरोच जनता पार्टी (सीजेपी) का सहसंयोजक सौरभ दास दिल्ली उच्च अदालत पुगेका छन् ।

दासका अनुसार मंगलबार बिहान एयर इन्डियाको उडानबाट लन्डन जान लाग्दा दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन अधिकारीहरूले उनलाई विमान चढ्न दिएनन् ।

निर्धारित उडानको केही घण्टाअघि स्पष्टीकरण माग्दै कारण देखाउ सूचना दिइएको र त्यसपछि यात्रा गर्न रोकिएको उनले बताएका छन् । सामाजिक सञ्जाल एक्समार्फत उनले विदेशी विश्वविद्यालयका विद्यार्थीलाई सम्बोधन गर्न नदिन आफूलाई रोकिएको दाबी गरेका छन् ।

दास अक्सफोर्ड, क्याम्ब्रिज, लन्डन स्कुल अफ इकोनोमिक्स र एडिनबर्ग विश्वविद्यालयमा ‘ककरोच मुभमेन्ट’ बारे प्रस्तुति दिन लन्डन जान लागेका थिए ।

उनका वकिलले तत्काल सुनुवाइको माग गर्दै निवेदन दिएपछि कार्यवाहक मुख्य न्यायाधीश एनभी साम्ब्रे र न्यायाधीश सञ्जय शर्माको इजलासले मुद्दालाई बिहीबार सुनुवाइका लागि सूचीबद्ध गरेको छ । यसबारे सम्बन्धित अधिकारीहरूले भने हालसम्म प्रतिक्रिया दिएका छैनन् ।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ