काठमाडौं । नेपालमै निर्मित विद्युतीय स्कुटर ‘यात्री पी-टु’ को आधिकारिक प्रि-बुकिङ सुरु भएको छ। नाडा अटो शोको अवसरमा कम्पनीले पाँच हजार रुपैयाँ धरौटीमा बुकिङ खुला गरेको हो।
स्कुटरको मूल्य सेप्टेम्बरको पहिलो वा दोस्रो सातासम्म सार्वजनिक गरिने कम्पनीले जनाएको छ। मूल्य चित्त नबुझे बुकिङ रकम फिर्ता लिन सकिने व्यवस्था पनि गरिएको छ।
यात्री पी-टुमा ग्राहकले आफ्नो आवश्यकता अनुसार ब्याट्री क्षमता, चार्जर, स्मार्ट कनेक्टिभिटी, क्रुज कन्ट्रोल, टायर र रङलगायत फिचर छनोट गर्न सक्नेछन्। तीन ब्याट्री विकल्पमा उपलब्ध स्कुटरले अधिकतम २०७ किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ।
स्कुटरमा डीसी फास्ट चार्जिङ, ७ इन्च टीएफटी डिस्प्ले, फोरजी, एप्पल कारप्ले, एन्ड्रोइड अटो, माउन्टेन होल्ड र विभिन्न सुरक्षा फिचर उपलब्ध छन्। कम्पनीले आगामी अक्टोबरको मध्यसम्म ग्राहकलाई स्कुटर हस्तान्तरण गर्ने लक्ष्य राखेको छ।








लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
ब्रिक्समा नेपालको सहभागिता नहुनु कूटनीतिक असफलता : बलावती शर्मा
विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय संयन्त्र गठन गरिने
रवि लामिछाने नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता