चीनकाे बाढी प्रभावित क्षेत्रमा ड्रोनबाट राहत सामग्री

काठमाडौं । चीनकाे बाढी प्रभावित क्षेत्रमा राहत सामग्री पुर्‍याउन ड्रोनको प्रयोग गरिएको छ।

सडक तथा यातायात अवरुद्ध भएका स्थानमा अत्यावश्यक सामान ड्रोनमार्फत ढुवानी गरी बाढीपीडितसम्म पुर्‍याइएको हो।

प्रविधिको प्रयोग गर्दै दुर्गम तथा विपद् प्रभावित क्षेत्रमा छिटो राहत पुर्‍याउने उद्देश्यले ड्रोनमार्फत खाद्यान्न तथा अन्य आवश्यक सामग्री ओसारिएको बताइएको छ।

बाढीका कारण स्थलमार्ग अवरुद्ध हुँदा उद्धार तथा राहत कार्य चुनौतीपूर्ण बनेका बेला चीनले ड्रोन प्रविधिको प्रयोग गरी पीडितसम्म आवश्यक सामग्री पुर्‍याएको हो।
फोटो : सिन्हवा

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ