काठमाडौँ । नेपाल टेलिकमले बाढीका कारण अवरुद्ध भएका रसुवा र नुवाकोटका थप सात स्थानमा मोबाइल सेवा पुनः सञ्चालनमा ल्याएको छ।
रसुवाको रसुवा बोर्डर, अपर सेन्जेन, छापथोके, जिपजिपे र गत्लाङ तथा नुवाकोटको चारघरे र चारघरे मुलाबारीका बीटीएस साइट सञ्चालनमा आएपछि प्रभावित क्षेत्रमा सञ्चार सेवा थप सहज भएको टेलिकमले जनाएको छ।
यी साइटमार्फत रसुवा बोर्डर, टिमुरे, स्याफ्रुबेँसी, भोटेकोशी करिडोर, चिलिमे, बेत्रावती, विदुरलगायत आसपासका क्षेत्रमा मोबाइल सेवा उपलब्ध भएको छ।
टेलिकमका प्रवक्ता डा। कमल लामिछानेले विपद्का बेला सञ्चार सेवा नियमित राख्न प्राविधिक टोली निरन्तर परिचालन भइरहेको बताए।








लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
ब्रिक्समा नेपालको सहभागिता नहुनु कूटनीतिक असफलता : बलावती शर्मा
विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय संयन्त्र गठन गरिने
रवि लामिछाने नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता