काठमाडौं । चितवनको माडीमा ‘माडीको रातो राजनीति : हिजो र आज’ विषयमा सडक संवाद कार्यक्रम आयोजना हुने भएको छ।
वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालको आयोजनामा आइतबार माडीको बसन्तपुरस्थित दिवाकर चोकमा कार्यक्रम हुन लागेको हो। दिउँसो २ बजे सुरु हुने कार्यक्रममा विभिन्न राजनीतिक तथा वैचारिक क्षेत्रका व्यक्तित्वहरूले विचार राख्नेछन्।
कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य ऋषि काफ्ले, भौतिकवादी समाज नेपाल चितवनका अध्यक्ष ओमनाथ पाण्डे, राजनीतिकर्मी विष्णुमती महतो र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालका महासचिव आहुति वक्ताका रूपमा सहभागी हुनेछन्।
माडीको राजनीतिक इतिहास, कम्युनिस्ट आन्दोलन र वर्तमान राजनीतिक अवस्थाबारे विचार विमर्श गर्ने उद्देश्यले सडक संवाद आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।








मोदीसँगको वार्तामा नेपालको हितलाई केन्द्रमा राख्न बालेनलाई रविको सुझाव
प्रधानमन्त्रीको भारत भ्रमणले द्विपक्षीय सम्बन्ध थप सुदृढ बनाउने रास्वपाको विश्वास
प्रधानमन्त्रीको भारत भ्रमण टोली ३५ सदस्यीय
सिता बादी पुगिन् बाढी प्रभावित बालबालिकाको अस्थायी विद्यालयमा
मोरङमा अवैध बालगृहबाट १४ बालबालिकाको उद्धार
एमालेको राष्ट्रिय भेला आज समापन हुँदै, ओलीले प्रशिक्षण दिने
संविधान र शान्ति सम्झौताका उपलब्धिमाथि प्रहार भइरहेको छ : प्रचण्ड
माडीको रातो राजनीतिबारे सडक संवाद हुँदै