मोरङमा अवैध बालगृहबाट १४ बालबालिकाको उद्धार

मोरङ । मोरङको कानेपोखरी गाउँपालिकामा अवैध रूपमा सञ्चालन भइरहेको बालगृहबाट १४ जना बालबालिकाको उद्धार गरिएको छ।

संयुक्त अनुगमन टोलीले बालगृहबाट ५ बालक र ९ बालिकाको उद्धार गरेको हो। उद्धार गरिएका बालबालिकालाई तत्काल अस्थायी संरक्षणमा राखेर आवश्यक संरक्षण तथा व्यवस्थापन प्रक्रिया अघि बढाइएको छ।

प्रदेश बालअधिकार समिति, राष्ट्रिय बालअधिकार परिषद्, कानेपोखरी गाउँपालिकाका बालकल्याण अधिकारी, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त टोलीले स्थलगत अनुगमन गरी उद्धार गरेको हो।

बालबालिकाको सुरक्षा, संरक्षण र अधिकार सुनिश्चित गर्ने उद्देश्यले उद्धार गरिएको जनाइएको छ। घटनाको थप व्यवस्थापन प्रक्रिया पनि सुरु गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ