काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहको भारत भ्रमणमा ३५ सदस्यीय प्रतिनिधिमण्डल सहभागी भएको छ। भ्रमण टोलीमा अर्थमन्त्री र परराष्ट्रमन्त्रीसहित प्रधानमन्त्रीको सचिवालयका सदस्यहरू पनि छन्।
त्यस्तै, मुख्यसचिव गोविन्दबहादुर कार्की, विभिन्न मन्त्रालयका सचिव तथा अन्य कर्मचारी पनि भ्रमण टोलीमा सहभागी छन्।
यसअघि प्रधानमन्त्रीको भ्रमण टोली ३४ सदस्यीय हुने बताइएको थियो। तर आइतबार बिहान नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक मुकेश डंगोलको नाम थपिएपछि टोली ३५ सदस्यीय बनेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ।
प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलका सदस्यहरू
१. प्रधानमन्त्री बालेन्द्र साह
२. स्वर्णिम वाग्ले, अर्थमन्त्री
३. माननीय शिशिर खनाल, परराष्ट्रमन्त्री
४. कुमार व्यञ्जनकार, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार
५. असिम शाह, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार
६. विवेक मिश्र, प्रधानमन्त्रीका सूचना तथा सञ्चार प्रविधि सल्लाहकार
७. गोविन्दबहादुर कार्की, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका मुख्यसचिव
८. अमृतबहादुर राई, परराष्ट्र मन्त्रालयका सचिव
९. रुद्रसिंह तामाङ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव
१०. सुभाष शर्मा, प्रधानमन्त्रीका प्रमुख निजी सचिव
११. याङ्की उक्याब, लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत
१२. जगदीश्वर पाण्डे, परराष्ट्रमन्त्रीका प्रेस सल्लाहकार
१३. प्रदीप परियार, प्रधानमन्त्रीका निजी सचिव
१४. गहेन्द्रराज भण्डारी, परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखाका सहसचिव
१५. कुमारराज खरेल, परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल
१६. लोकबहादुर पौडेल क्षेत्री, परराष्ट्र मन्त्रालयका सहसचिव तथा प्रवक्ता
१७. अमृत लाम्साल, अर्थ मन्त्रालयका सहसचिव
१८. सुभाष ढकाल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सूचना प्रविधि तथा डिजिटल सुशासन कार्यालयका सहसचिव
१९. सुनील पौडेल, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव
२०. दीपा दाहाल, प्रधानमन्त्रीका सञ्चार व्यवस्थापन तथा अनुसन्धान संयोजक
२१. ललिता सिलवाल, परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखाका उपसचिव
२२. विजय राज तण्डुकार, परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखाका उपसचिव
२३. लोचन पौडेल, परराष्ट्रमन्त्रीका प्रमुख निजी सचिव
२४. दीपकराज निरौला, परराष्ट्र मन्त्रालयका शिष्टाचार अधिकृत
२५. मनोज गैरे, परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखाका शाखा अधिकृत
२६. लेफ्टिनेन्ट कर्णेल बलमुकुन्द बिष्ट, प्रधानमन्त्रीका प्रमुख सैनिक सहयोगी (एडीसी)
२७. मेजर सुशील बानियाँ, प्रधानमन्त्रीका सुरक्षा अधिकृत
२८. प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपेश बस्याल, प्रधानमन्त्रीका सुरक्षा अधिकृत
२९. विनय शाक्य, प्रधानमन्त्रीका निजी उपसचिव (सञ्चार)
३०.तारा हमाल ढुंगाना, गोरखापत्रकी संवाददाता
३१. कमल कुमार बस्नेत, राष्ट्रिय समाचार समिति (रासस) का संवाददाता
३२. अशोक कुमार बस्नेत, नेपाल टेलिभिजन (एनटीभी) का भिडियोग्राफर
३३. प्रेमराज गौतम, परराष्ट्र मन्त्रालयका उपशिष्टाचार महापाल
३४. मेजर रोशन केसी, प्रधानमन्त्रीका सैनिक सहयोगी (एडीसी)
३५. मुकेश डंगोल महानिर्देशक, नेपाल नागरिक उडड्यन प्राधिकरण








मोदीसँगको वार्तामा नेपालको हितलाई केन्द्रमा राख्न बालेनलाई रविको सुझाव
प्रधानमन्त्रीको भारत भ्रमणले द्विपक्षीय सम्बन्ध थप सुदृढ बनाउने रास्वपाको विश्वास
प्रधानमन्त्रीको भारत भ्रमण टोली ३५ सदस्यीय
सिता बादी पुगिन् बाढी प्रभावित बालबालिकाको अस्थायी विद्यालयमा
मोरङमा अवैध बालगृहबाट १४ बालबालिकाको उद्धार
तातोपानी नाका तत्काल खुलाउन चिनियाँ राजदूतसँग परराष्ट्रमन्त्रीको आग्रह
प्रधानमन्त्री साहलाई राज्यमन्त्रीले स्वागत गर्ने
एसिया–प्रशान्त क्षेत्रमा स्वतन्त्र व्यापार र आर्थिक सहकार्यको पक्षमा चीन