काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह र नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाबीच शिष्टाचार भेटवार्ता भएको छ।
बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा प्रधानमन्त्री साहले राजदूत दलेलालाई नियुक्तिका लागि बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्।
भेटका क्रममा प्रधानमन्त्री साहले रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीपछि भारत सरकारले उपलब्ध गराएको सहयोगप्रति आभार व्यक्त गरेका थिए।
त्यस्तै, प्रधानमन्त्री साहको आसन्न भारत भ्रमणको तयारीबारे पनि छलफल भएको थियो। राजदूत दलेलाले भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने भेटवार्ता ऐतिहासिक र महत्त्वपूर्ण हुने बताउँदै भ्रमणलाई उपलब्धिमूलक बनाउन दुवै देशका सम्बन्धित निकायले तीव्र रूपमा तयारी गरिरहेको जानकारी दिएका थिए।
भेटमा नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा भौगोलिक सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा समेत छलफल भएको थियो।








भोटेकोशी बाढीपीडितको सम्झनामा कोप–३१ मा प्रदर्शन
प्रधानमन्त्री साहको भारत भ्रमणबारे भारतीय राजदूतसँग छलफल
तातोपानी नाका तत्काल खुलाउन चीनसँग परराष्ट्रमन्त्री खनालको आग्रह
संविधान र लोकतन्त्रको रक्षाका लागि जनता उठ्नुपर्छ : ओली
चितवनबाट सुरु भयो चलचित्र ‘मोहनी’ को छायांकन
प्रधानमन्त्री बालेन्द्र साहको भारत भ्रमणमा हवाई रुट मुख्य एजेन्डा