काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले सिन्धुपाल्चोकस्थित तातोपानी नाका तत्काल सञ्चालनमा ल्याउन चिनियाँ पक्षसँग आग्रह गरेका छन्।
नेपाल भ्रमणमा रहेका चीनको चाइनिज पिपुल्स एसोसिएसन फर फ्रेन्डसिप विथ फरेन कन्ट्रिजका अध्यक्ष याङ वानमिङसँग सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री खनालले यस्तो आग्रह गरेका हुन्।
गत भदौको बाढीले रसुवागढी नाका बन्द भएको र अन्य उच्च हिमाली नाका चिसोका कारण पूर्ण रूपमा सञ्चालन हुन नसकेको अवस्थामा तातोपानी नाका खुलाउन आवश्यक रहेको उनले बताए।
काठमाडौंसँग सबैभन्दा नजिक रहेको तातोपानी नाका नेपाल–चीनबीचको ऐतिहासिक मित्रता र सम्पर्क सञ्जालको महत्त्वपूर्ण माध्यम भएकाले तत्काल सञ्चालनमा ल्याउनुपर्ने खनालको भनाइ थियो।
जवाफमा अध्यक्ष याङले सम्बन्धित निकायसँग समन्वय गरेर आवश्यक पहल गर्ने बताएका छन्।
भेटवार्तामा नेपाल–चीन व्यापार, पूर्वाधार विकास, जलवायु परिवर्तन, जनस्तरको सम्बन्ध र शिक्षालगायत विषयमा समेत छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।








भोटेकोशी बाढीपीडितको सम्झनामा कोप–३१ मा प्रदर्शन
प्रधानमन्त्री साहको भारत भ्रमणबारे भारतीय राजदूतसँग छलफल
तातोपानी नाका तत्काल खुलाउन चीनसँग परराष्ट्रमन्त्री खनालको आग्रह
संविधान र लोकतन्त्रको रक्षाका लागि जनता उठ्नुपर्छ : ओली
चितवनबाट सुरु भयो चलचित्र ‘मोहनी’ को छायांकन
प्रधानमन्त्री बालेन्द्र साहको भारत भ्रमणमा हवाई रुट मुख्य एजेन्डा