एसिया–प्रशान्त क्षेत्रमा स्वतन्त्र व्यापार र आर्थिक सहकार्यको पक्षमा चीन

काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङले एसिया–प्रशान्त क्षेत्रमा स्वतन्त्र व्यापार, आर्थिक विविधीकरण र डेटा व्यवस्थापनसम्बन्धी साझा नियमको समर्थन गरेका छन्।

चीनको सेन्जेनमा आयोजित ३३औँ एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) सम्मेलनको मुख्य सत्रलाई सम्बोधन गर्दै राष्ट्रपति सीले चीन एसिया–प्रशान्त क्षेत्रको अभिन्न हिस्सा रहेको र क्षेत्रीय सहकार्यलाई निरन्तर समर्थन गर्ने बताएका हुन्।

उनले क्षेत्रीय सहकार्य प्रवर्द्धनका लागि चीनले २ करोड अमेरिकी डलर खर्च गर्ने घोषणा गरेका छन्। साथै, सेन्जेनमा एसिया–प्रशान्त अध्ययन केन्द्र स्थापना गर्ने योजना पनि सार्वजनिक गरेका छन्।

सम्मेलनका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङसहित विभिन्न देशका नेताहरूले सामूहिक तस्बिर खिचाएका थिए।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ