काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसँग तातोपानी नाका तत्काल सञ्चालनमा ल्याउन आग्रह गरेका छन्।
सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री खनालले रसुवा–भोटेकोसी क्षेत्रमा आएको बाढीका कारण रसुवागढी नाका बन्द रहेको र हिउँदमा चीनसँग जोडिएका अन्य उच्च हिमाली नाकासमेत पूर्ण रूपमा सञ्चालन हुन कठिन हुने अवस्था रहेको उल्लेख गरे।
यस्तो अवस्थामा काठमाडौंसँग सबैभन्दा नजिक रहेको तातोपानी नाका तत्काल सञ्चालनमा ल्याउन आवश्यक रहेको उनको भनाइ थियो।
‘तातोपानी नाका काठमाडौंसँग सबैभन्दा कम दूरीमा रहेको र यो नाका हाम्रा दुई मुलुकबीचको ऐतिहासिक मित्रतापूर्ण सम्बन्धको प्रतीकसमेत हो,’ खनालले भने, ‘त्यसैले दुई मुलुकबीचको सम्पर्क सञ्जाल र आवागमनलाई सहज बनाउन यो नाका तत्काल खुलाउन आवश्यक छ।’
जवाफमा चिनियाँ राजदूत चाङले तातोपानी नाका सञ्चालनका विषयमा सम्बन्धित निकायसँग समन्वय गरेर आवश्यक काम अघि बढाउने जानकारी दिएका छन्।
भेटमा बाढीपछिको पुनर्निर्माण, नेपाल–चीन सम्बन्ध, बहुपक्षीयता तथा आपसी हित र चासोका विविध विषयमा पनि छलफल भएको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ।








तातोपानी नाका तत्काल खुलाउन चिनियाँ राजदूतसँग परराष्ट्रमन्त्रीको आग्रह
घोषणामै सीमित हरवाचरवाको मुक्ति !
एसिया–प्रशान्त क्षेत्रमा स्वतन्त्र व्यापार र आर्थिक सहकार्यको पक्षमा चीन
एमालेको राष्ट्रिय भेला आज समापन हुँदै, ओलीले प्रशिक्षण दिने
यस्तो रहनेछ आजको मौसम
प्रधानमन्त्री बालेन्द्र साहको भारत भ्रमणमा हवाई रुट मुख्य एजेन्डा
तातोपानी नाका तत्काल खुलाउन चीनसँग परराष्ट्रमन्त्री खनालको आग्रह
प्रधानमन्त्री साहको भारत भ्रमणबारे भारतीय राजदूतसँग छलफल