प्रधानमन्त्री साह र जयशंकर भेट : ‘कनेक्टिभिटी’ र पारवहनमा सहकार्यको छलफल

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र साह र भारतीय विदेशमन्त्री एस जयशंकरबीच नेपाल–भारत सम्बन्धका विविध पक्षमा छलफल भएको छ।

आइतबार साँझ नयाँदिल्लीस्थित होटल ताजमहलमा भएको शिष्टाचार भेटवार्तामा विशेषगरी ‘कनेक्टिभिटी’, व्यापार, पारवहन तथा वाणिज्य, ऊर्जा, संस्कृति, शिक्षा र जनस्तरको सम्बन्धलगायतका विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

भेटमा दुवै पक्षले द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा पनि छलफल गरेका थिए।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री साह दुईदिने राजकीय भ्रमणका लागि आइतबार भारत गएका हुन्।

भ्रमणका क्रममा प्रधानमन्त्री साहले सोमबार भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ। उनी सोमबार साँझ स्वदेश फर्किनेछन्।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ