हवाई रुटको गाँठो फुकाउन परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच वार्ता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र साहको भारत भ्रमणका क्रममा भारतीय विदेशमन्त्री एस जयशंकर र परराष्ट्रमन्त्री शिशिर खनालबीच छुट्टै भेटवार्ता भएको छ।

प्रधानमन्त्री साहसँग सामूहिक भेटवार्ता गरेलगत्तै जयशंकरले आईतबार नयाँदिल्लीमा नेपाली समकक्षी खनालसँग द्विपक्षीय छलफल गरेका हुन्।

भेटमा अन्तर्राष्ट्रिय हवाई उडानका लागि नेपाल प्रवेशविन्दुका रूपमा महेन्द्रनगर, भैरहवा र जनकपुरलाई खुला गर्ने विषयमा छलफल भएको बताइएको छ।

भारतले भैरहवा र जनकपुर प्रवेशविन्दुमा सहमति जनाए पनि महेन्द्रनगरमा भने प्राविधिक समस्या देखाउँदै सहमति दिएको छैन।

यसैबीच, भारतले पनि आफ्नो हवाई सुविधाका लागि नेपाली आकाशमा थप रुट मागिरहेको छ। हवाई रुटसम्बन्धी विषयमा सहमति जुटाउन दुवै देशका परराष्ट्र सचिवस्तरमा समेत अनौपचारिक छलफल भएको छ।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ