काठमाडौं । प्रधानमन्त्री वालेन्द्र साह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको संयुक्त रूपमा शिलान्यास गर्ने भएका छन्।
एसजेभीएन तल्लो अरुण पावर डेभलपमेन्ट कम्पनी (एसएलपीडीसी) का प्रमुख कार्यकारी अधिकृत पंकज चौधरीका अनुसार शिलान्यासको तयारी अन्तिम चरणमा पुगेको छ। साह र मोदीले सोमबार नयाँदिल्लीबाट डिजिटल माध्यममार्फत आयोजनाको शिलालेख अनावरण गर्नेछन्।
शिलालेख अनावरणको प्रत्यक्ष प्रसारण आयोजनास्थलमा गरिने कम्पनीले जनाएको छ।
संखुवासभाको चिचिला गाउँपालिका र खाँदबारी नगरपालिकामा निर्माण हुने आयोजनाका मुख्य संरचना पनि यही क्षेत्रमा रहनेछन्।
आयोजनाबाट प्रभावित स्थानीयलाई हालसम्म ९९ करोड ९८ लाख ३९ हजार रुपैयाँ मुआब्जा वितरण भइसकेको छ। उक्त रकम करिब २५३ परिवारलाई वितरण गरिएको हो। आयोजनाको निर्माणस्थलमा पर्ने ६५६ जनाले मुआब्जा पाउनेछन् भने यसका लागि एक अर्ब ४० करोड रुपैयाँ वितरण गर्ने योजना छ।
आयोजनाबाट २६८ घरपरिवार प्रत्यक्ष प्रभावित हुने जनाइएको छ। जग्गाको मूल्यांकन प्रतिरोपनी पाँच लाखदेखि ३४ लाख रुपैयाँसम्म गरिएको छ।








‘सामाजिक सञ्जालको अल्गोरिदमले समाजमा भ्रम फैलायो’ : पोखरेल
हवाई रुटको गाँठो फुकाउन परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच वार्ता
‘जोखिम घटाएरै बस्ती पुनर्निर्माण गरौँ’ : गगन थापा
वामपन्थी एकताका लागि प्रयास भइरहेको छ : माधव नेपाल
प्रधानमन्त्री साहको भारत भ्रमणको पहिलो दिन के-के भयो ?
तातोपानी नाका तत्काल खुलाउन चिनियाँ राजदूतसँग परराष्ट्रमन्त्रीको आग्रह
प्रधानमन्त्रीको भारत भ्रमणले द्विपक्षीय सम्बन्ध थप सुदृढ बनाउने रास्वपाको विश्वास
प्रधानमन्त्री साह र जयशंकर भेट : ‘कनेक्टिभिटी’ र पारवहनमा सहकार्यको छलफल
प्रधानमन्त्रीको भारत भ्रमण टोली ३५ सदस्यीय