काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालको अल्गोरिदमले समाजमा विकृति र भ्रम फैलाइरहेको बताएका छन्।
आइतबार टोखा नगर कमिटीले नेपाल संवत् ११४७ को अवसरमा आयोजना गरेको कार्यक्रममा उनले सामाजिक सञ्जालको दुरुपयोगले मौलिक संस्कृति, परम्परा र मूल्य–मान्यतामाथि चुनौती थपेको बताए।
उनले सूचना प्रविधिको विकासलाई आत्मसात् गर्दै त्यसबाट सिर्जना हुने विकृति नियन्त्रण गर्नुपर्नेमा जोड दिए।
पोखरेलले वर्तमान सरकारले महँगी नियन्त्रण र जनताको जीवनस्तर सुधार गर्न नसकेको आरोपसमेत लगाए। मौलिक चाडपर्व र संस्कृतिको संरक्षणले राष्ट्रिय एकता बलियो बनाउने उनको भनाइ थियो।








हवाई रुटको गाँठो फुकाउन परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच वार्ता
‘जोखिम घटाएरै बस्ती पुनर्निर्माण गरौँ’ : गगन थापा
वामपन्थी एकताका लागि प्रयास भइरहेको छ : माधव नेपाल
प्रधानमन्त्री साहको भारत भ्रमणको पहिलो दिन के-के भयो ?
घोप्टेभीरको पहिरो पन्छाउन नागढुंगा–मुग्लिन सडक दैनिक पाँच घण्टा बन्द
वरिष्ठ कलाकार मदनदास श्रेष्ठ राप्रपाको महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत
एमालेले स्थानीय तहका जनप्रतिनिधिसंग अन्तरसंवाद गर्दै
यस्तो रहनेछ आजको मौसम
शान्ति प्रक्रिया टुंग्याउने जिम्मेवारीबाट सरकार पन्छिन मिल्दैन : पुष्पा भुसाल