काठमाडौं । प्रधानमन्त्री वालेन्द्र साह दुईदिने राजकीय भ्रमणका लागि आइतबार नयाँदिल्ली पुगेका छन्। ३५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल एयरलाइन्सको नियमित उडानबाट उनी भारत गएका हुन्।
नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री साहलाई भारतका वाणिज्य तथा उद्योगमन्त्री जितिन प्रसाद र भारतका लागि नेपाली राजदूत निश्चलनाथ पाण्डेलगायतले स्वागत गरेका थिए।
भ्रमणका क्रममा प्रधानमन्त्री साहले आइतबार साँझ भारतीय विदेशमन्त्री एस जयशंकरसँग शिष्टाचार भेटवार्ता गरेका थिए। भेटमा कनेक्टिभिटी, व्यापार, पारवहन, ऊर्जा, संस्कृति, शिक्षा र जनस्तरको सम्बन्धलगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री साहले सोमबार बिहान भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ। त्यसपछि प्रतिनिधिमण्डलस्तरीय बैठक हुनेछ। बैठकपछि शिक्षा, स्वास्थ्य, खेलकुद, पूर्वाधार तथा विपद्पछिको पुनर्निर्माणलगायतका क्षेत्रमा आधा दर्जनभन्दा बढी समझदारीपत्र तथा सम्झौतामा हस्ताक्षर हुनेछन्।
प्रधानमन्त्री साहले सोमबार दिउँसो भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग भेटवार्ता गर्नेछन्। उनी सोमबार साँझ स्वदेश फर्किने कार्यक्रम छ।
प्रधानमन्त्री साहले भ्रमणका क्रममा विमानस्थलमा परम्परागत रूपमा दिइने गार्ड अफ अनर तथा सलामी भने लिएनन्। यसअघि संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका जाँदासमेत उनले गार्ड अफ अनर लिएका थिएनन्।








‘सामाजिक सञ्जालको अल्गोरिदमले समाजमा भ्रम फैलायो’ : पोखरेल
हवाई रुटको गाँठो फुकाउन परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच वार्ता
‘जोखिम घटाएरै बस्ती पुनर्निर्माण गरौँ’ : गगन थापा
वामपन्थी एकताका लागि प्रयास भइरहेको छ : माधव नेपाल
प्रधानमन्त्री साहको भारत भ्रमणको पहिलो दिन के-के भयो ?
तातोपानी नाका तत्काल खुलाउन चिनियाँ राजदूतसँग परराष्ट्रमन्त्रीको आग्रह
प्रधानमन्त्रीको भारत भ्रमणले द्विपक्षीय सम्बन्ध थप सुदृढ बनाउने रास्वपाको विश्वास
प्रधानमन्त्री साह र जयशंकर भेट : ‘कनेक्टिभिटी’ र पारवहनमा सहकार्यको छलफल
प्रधानमन्त्रीको भारत भ्रमण टोली ३५ सदस्यीय