दशौँ राष्ट्रिय खेलकुद : पहिलो खेलमा कर्णाली र नेपाल पुलिस क्लब भिड्दै

सुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका खेल आजदेखि सुरु हुँदैछन्। प्रतियोगिताअन्तर्गत पुरुष फुटबलको खेलबाट प्रतिस्पर्धा सुरु हुन लागेको हो।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्का उपाध्यक्ष प्रमोद हमालका अनुसार आज दिउँसो १ बजे वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा पुरुष फुटबलको खेल हुनेछ। उद्घाटन खेलमा नेपाल पुलिस क्लब र आयोजक कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ।

खेलाडी तथा सहभागी टोलीको आवास व्यवस्थापनलगायत चुनौतीलाई मध्यनजर गर्दै राष्ट्रिय खेलकुद परिषद्ले केही खेल निर्धारित मितिभन्दा अगाडि नै सञ्चालन गर्ने निर्णय गरेको हो।

प्रतियोगिताको औपचारिक उद्घाटन भने मङ्सिर १६ गते हुनेछ। मङ्सिर २७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न खेल विधामा खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन्।

यसअघि सोमबार कर्णाली प्रदेशले दशौँ राष्ट्रिय खेलकुदलाई औपचारिक रूपमा स्वागत गरेको थियो। बाजागाजा, खेलाडी तथा विभिन्न क्षेत्रका प्रतिनिधिको सहभागितामा सुर्खेतमा बृहत् र्‍याली निकालेर प्रतियोगिताको स्वागत गरिएको थियो।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ