काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरुचेमा दुई हेलिकोप्टर आपसमा ठोक्किँदा एक विदेशी पर्यटकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङका अनुसार मंगलबार बिहान ८ः११ बजे अवतरण गर्ने क्रममा फिस्टेल एयर र डाइनास्टी एयरका हेलिकोप्टर ठोक्किएका हुन्।
दुर्घटनामा भारतीय नागरिक वसन्त कुमार बालारामारामाडुको मृत्यु भएको तामाङले जानकारी दिए। दुर्घटनामा घाइते भएका शैलेश कृष्ण पटेललाई प्रभु हेलिकोप्टरमार्फत उद्धार गरी ललितपुरस्थित मेडिसिटी अस्पताल पुर्याइएको छ।
प्रहरीका अनुसार पटेलसँग भारतीय राहदानी रहे पनि उनी न्युजिल्यान्डका नागरिक हुन्। दुर्घटनामा मृत्यु भएका पर्यटकको शव लुक्लास्थित अस्पतालमा राखिएको छ।
दुवै हेलिकोप्टरका पाइलट सकुशल रहेको प्रहरीले जनाएको छ। दुर्घटनाका बेला दुवै हेलिकोप्टरमा कति यात्रु सवार थिए भन्ने विवरण खुल्न बाँकी छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।








ममताको शव आराले काटेर व्यवस्थापन गरेको नरेशको स्वीकारोक्ति
अन्तर्राष्ट्रिय परिस्थितिमा जस्तोसुकै परिवर्तन आए पनि चीन र बंगलादेश एकसाथ उभिने
रवि–बालेनको मतभेद सतहमा
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशसचिव मिस्रीबीच भेटवार्ता
काठमाडौँ आइपुगे भारतीय विदेशसचिव
१० अर्ब खर्चेर नहर बन्यो पानी आएन
सोलुखुम्बुमा दुई हेलिकप्टर ठोक्किँदा भारतीय पर्यटकको मृत्यु, एक घाइते
एनपिएलमा आज को-को भिड्दैछन् ?
पहिरोले बिपी राजमार्ग अवरुद्ध,तत्काल खुल्ने सम्भावना न्यून