काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।
राष्ट्रिय जेनजी नागरिक अभियानले उनको नियुक्ति गैरकानुनी र प्रक्रियाविपरीत भएको दाबीसहित रिट दायर गरेको हो।
नागरिकतासम्बन्धी विवाद र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विचाराधीन रहेको अवस्थामा नियुक्ति गरिएको भन्दै अभियानले नियुक्तिको वैधानिकतामाथि प्रश्न उठाएको छ।
अभियन्ता अजय सोडारीका अनुसार सार्वजनिक पदाधिकारीको नियुक्ति र योग्यतासम्बन्धी मापदण्ड २०७१ अनुसार आनी छोइङको योग्यता नपुगेको दाबी पनि रिटमा गरिएको छ।
अभियानका संयोजक सुनिल सिंह, विरजन विश्वकर्मा र सफलता बोगटीका तर्फबाट दायर रिटमा सर्वोच्चले बुधबारका लागि पेसी तोकेको छ।
मन्त्रिपरिषद्ले गत असोज ३० गते आनी छोइङलाई लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त गरेको थियो। उनले मंसिर २ गते पदबहाली गरेकी थिइन्।








प्रधानमन्त्रीको भारत भ्रमणमा दीर्घकालीन उपलब्धि देखिएन : गगन थापा
मोदीसँग मख्ख नपर्न बालेनलाई भारतीय सांसद महुआको सन्देश
फूलखेतीले बदलेको २३ महिलाको जीवन
प्रधानमन्त्रीको भारत भ्रमणबारे नेकपाको मिश्रित प्रतिक्रिया
बालेनको भारत भ्रमणमा राष्ट्रिय मुद्दा ओझेलमा परेको पोखरेलको टिप्पणी
सुदूरपश्चिमले जित्यो एनपीएल उपाधि
एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै
काठमाडौंमा चिसो बढ्दै, न्यूनतम तापक्रम ८.३ डिग्रीमा झर्यो
दशौँ राष्ट्रिय खेलकुद : पहिलो खेलमा कर्णाली र नेपाल पुलिस क्लब भिड्दै