मेरील्याण्ड-जात छ र जातकै नाममा दादागिरी (विशेषाधिकार उपभोग) गर्नेका खलकहरुबाट नै हिजो तुच्छ भाषामा त शब्दको प्रयोग हुन्थ्यो भने आज सभ्य भाषा प्रयोग गरि हेपाहा प्रवृति सामाजिक संजालहरुका कमेन्टमा खुब देखियो,पढियो ।
दलित भएकै कारण काठमाडौंमा डेरा पाउनबाट बंचित संचारकर्मी रुपा सुनार प्रकरणले नयाँ बहससंगै पढेलेखेकाहरुको पनि पुरानै चिन्तन छताछुल्ल पढ्न पाइयो । यस्ले के पष्ट पारेको छ भने बैदिक कालदेखी कथित बाहुनहरुले प्राप्त गर्दै आएको जातीय श्रेष्ठता यथावत रहन जात व्यवस्था कायम राखि राख्न चाहान्छन् ।
हिन्दु बर्ण व्यवस्थामा आधारित जात व्यवस्थाले कथित बाहुनहरुलाई पहिलो श्रेणीको जात मानेको छ भने दलितलाई चौथो श्रेणीको शूद्र मानेको छ जो अबैज्ञानिक छ । बिज्ञान सत्य चिज हो । बिज्ञान अनुसार मान्छेको जात मान्छेनै हो तर पनि भारतका तत्कालिन हिन्दु मनुराजाले आफ्नो शासन सत्ता टिकाउन ब्राम्हण,क्षेत्री,बैश्य र शूद्र चार तहमा विभाजन गरेर जात व्यवस्थाा लागु गरेका थिए ।
मनुकालदेखी जात व्यवस्था चलि रहेको छ । नेपाल र भारतको प्रमुख समस्या भनेको जात व्यवस्था हो । जात व्यवस्थाकै कारण दलितहरुमाथी जातीय विभेद तथा छुवाछुतको व्यवहार गरिदै आएको । त्यसैले जात व्यवस्थाको अन्त्य विना विभेदबाट मुक्ती पाउनु असम्भव छ ।
इतिहासकाल देखिकै हेरौ, अहिले कै कुरा २/४ जना दलितले राम्रो लेखपढ गर्यो, उच्च पदमा पुग्यो वा केहि राम्रो ठाउँमा पुग्यो भने यिनलाई उनकै खलक पनि पछि परेझै लाग्छ। पछि पर्नु र कालखण्ड देखि पछि पार्नु यिनलाई एउटै लाग्छ।
कथित बाहुन पनि गरिब हुनु दुख लाग्दो कुरा हो तर यिनको मतिले एउटा गरिब बाहुन र दलितले भोगेको पिडा किन एउटै लाग्छ ? बाहुन जतिसुकै गरिब भए पनि छुवाछुत सहितको भेदभाब कहिल्यै खेप्नु परेको छैन् यो कुरा किन बुझपचाएका होलान ?
कथित बाहुनहरुको सोच भनेको दलितहरुमाथी कसरी दमन गरीरहने ? कसैगरी पनि माथि उठ्न नदिने ? आफुले जन्मजात पाएको जातको उच्चता कसरी जोगाइ राख्ने ? सामाजिक न्याय र समानताको पक्षमा चौतर्फी उठेका आवाजहरुलाई कसरि दबाई राख्ने भन्ने मनुवादी चिन्तननै प्रमुख देखिन्छ ।
यही हो हामी समान छौ भनेर विभेद कायम राखिराख्ने विभेदकारी काइदा । कुसंस्कार मनमा बोकेर हिड्ने जो कोहि, समस्यालाई समस्यानै देख्दैन्,अरुको अस्थित्व स्वीकार नगर्ने र सतहमा आएका समस्यालाई पनि नदेखेझै गर्ने नीच विचार बुद्धिजिबी विरुद्धको एकताबद्ध अभियान समस्या रहेसम्म जारि रहन्छ र रहनु पर्छ ।
विभेद विरुद्ध नबोल्नु, बोल्नेहरुलाई समेत नबोल भन्नुलाई भुझ्नु पर्छ केहि षड्यन्त्र छ। जहासम्म आरक्षणले समस्या सिर्जना गर्छ भन्नेहरुलाई यतिमात्र भनौ अहिलेसम्म देशमा शासन गर्ने जाति/खलकहरुनै देश बिगार्ने, भ्रष्टाचार गर्ने,बर्तमान समस्या, कुसंस्कारको प्रमुख जडनै एकल जातीय रामराज्य हो। एति कुरा बुझ्यौ भने सबै समस्याहरुको समाधान निस्कन्छ । नत्र भने संसारका जुनसुकै ठाउँमा बसे पनि तिमीसंगै तिम्रो कुसंस्कार रहिरहन्छ ।
जातीय विभेद विरुद्धको अभियानमा केही सकारात्मक सोच भएकाहरु पनि अबस्य लागि परेका छन् । ती मानवताबादी विचार भएका साथीहरुलाई जातीबाद विरुद्धको लडाईमा अग्रमोर्चामा रहेर अभियानको नेतृत्व गर्न अपिल गर्दै धन्यबाद पनि दिन चाहान्छु ।
नेपाली विगत लामो समयदेखी परिवारसहित मेरिल्याण्ड अमेरिका बस्दै आएका छन् ।









नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
‘बाढीले भत्काउन नसकेको जातको पर्खाल’
फ्लाई दुबईका क्याप्टेनमाथि आक्रमण गर्ने सहपाइलट को हुन् ?
‘दैवी प्रकोप उद्धार कोष’को नाम फेरेर ‘प्रधानमन्त्री विपद् कोष’ राखौँ : जगदिश खरेल
शक्तिशाली आँधीपछि अमेरिकाको उत्तरपूर्वी क्षेत्रमा बाढी